इटहरी: सुनसरीको इटहरीमा मंगलबार बिहान नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै भावुक देखिए ।

उनी इटहरी १९ को शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा भवन उद्धघाटन तथा शहीद सप्ताहको समापन कार्यक्रममा आएका थिए । यहाँका विद्यार्थीहरुले जनयुद्धको गीत सहित आफ्नो कला प्रस्तुत गर्दा प्रचण्ड लगायत अन्य आमन्त्रित अतिथिहरुको गह भरिएको थियो ।

जनयुद्धका नायक समेत रहेका प्रचण्ड विद्यार्थीहरुले प्रस्तूत गरेको कला हेर्दा भावुक मुद्रामा रहे । यहाँका विद्यार्थीहरुले जनयुद्धमा घाईते भएका योद्धाको रगत सहितको आफ्नो कला प्रस्तूत गर्दा प्रचण्डका आँखा त रसाएका थिए नै तर त्यहाँ उपस्थित अन्य मानिसहरुको मन भने जिरिङ जिरिङ हुन्थ्यो । कोही फोटो खिच्नमा ब्यस्त थिए त कोही भिडियो खिच्नमा । कोही भने विद्यार्थीको प्रस्तूतीले आँशु पुछिरहेका देखिन्थे । क्रान्तिका निम्ति शहीदले दिएको बलिदानीको महत्व सरकारले नबुझेको चित्रण उक्त कलामा समावेश गरिएको थियो ।

चार पाँच जना युवायुवतीले एउटा मान्छेलाई रगतसहित बोकेर ल्याउँदै थिए । त्यसको केही समयपछि उस्को निधन हुन्छ र श्रीमति कहालिलाग्दो अवस्थामा भेटिन्थिन् । त्यस्तै, उनका छोराछोरीहरु बाबा बाबा भन्दै चिच्याईरहेका हुन्थे । यसरी चेतनाका निम्ति देखाइएको उक्त कलाले सबैको ध्यान तान्यो । आमन्त्रित सबैजना उक्त दृष्य हेरेर भावबिह्लि अवस्थामा देखिन्थे ।