सनसरी: इटहरी उपमहानगरको चालु चौथो नगरसभामा पुरक बजेट प्रस्तुत गरिएको छ ।

सभामा उपमेयर लक्ष्मी गौतमले संशोधित पुरक अनुमान वजेट, नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् । योजनाहरु संशोधन भएको, आर्थिक ऐनमा आमूल परिवर्तन गरिएको साथै, कर राजश्व घटाइने र आन्तरिक आय कम हुने भएकोले पुरक वजेट ल्याउनु परेको उपमेयर गौतमले वताइन् । उनका अनुसार भूमीकर र व्यावसायकर घटाइने भएको छ । उद्योगी ब्यवसायी,राजनीतिक दल,नागरिक समाज लगायतको आग्रहमा केही शिर्षकमा कर घटाउनुका साथै करको ढाँचामा फेरवदल गरि अझ वैज्ञानिक र ब्यवस्थित वनाउन लागिएको छ ।

आज मंगलबारको वैठकमा चार वटा विधेयक पनि पारित गरिएको छ । सभामा सभाध्यक्ष द्धारिकलाल चौधरीले प्रस्तुत गरेको मालपोत सम्वन्धि व्यवस्था गर्न बनेको भूमी कर (मालपोत) विधेयक २०७५, सम्पति कर विधेयक २०७५, ब्यवसाय कर विधेयक २०७५ दफावार छलफल गरि पारित गरिएको हो ।

यसैगरि आजको वैठकमा उपमेयर गौतमले विनियोजन ऐन २०७५ लाई संशोधन र एकिकरण गर्नलाई बनेको विधेयक, आर्थिक (पुरक समेत )विधेयक, भवन ऐन पहिलो संशोधन विधेयक र अपांगता भएका ब्यक्तिको परिचयपत्र वितरण विधेयक २०७५ प्रस्तुत गरेकी छन् । नगरसभाको अर्को वैठक भोली वुधवार वस्ने छ ।