धरान:सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित कालाबञ्जारमा जारी चौथो अन्र्तराष्ट्रिय आमन्त्रण भरौल गोल्डकपमा दाउफिन्स क्लब, क्यामरुन सेमीफाइनल प्रवेश गरेको छ ।

ज.डे.ज. खेल मैदानमा शुक्रबार भएको खेलमा काठमाण्डौंको फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले हराउदै दाउफिन्स सेमीफाइनल पुगेको हो । खेलमा पहिलो हाफको ५ मिनेटमै दाउफिन्सका नियाले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, पहिलो हाफको २५ औं मिनेटमा फ्रेण्ड्सका ओको बाटाले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

56870031_475760839867770_91

दोस्रो हाफ निक्कै प्रतिस्पर्धात्मक भएको थियो । दोस्रो हाफको ७५ औं मिनेटमा दाउफिन्सका पेटेङ्ले गोल गर्दै टिमलाई अन्तिम चारमा स्थान सुरक्षित बनाए । खेलको म्यान अफ दि म्याच दाउफिन्सका निया घोषित भए । उनले नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगितामा शनिबार आयोजक न्यु स्टार क्लब र काठमाण्डौंको सरस्वती क्लबबीच खेल हुनेछ ।

DSC_2867

तस्बिर क्याप्सन:

दाउफिन्स(सुन्तले जर्सी) र फ्रेण्ड्स क्लब(निलो जर्सी)का खेलाडीहरु मैदानमा भिड्दै ।
तस्बिर सौजन्य: प्रदिप चौधरी