धरान: धरान १२ स्थित सुनाखरी एकेडेमीले अतिरिक्त क्रियाकलाप तथा विभिन्न खेलकुद प्रतियोगिताहरुका विजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

एकेडेमीले शुक्रबार आफ्नै विद्यालय परिसरमा बार्षिक पुरस्कार तथा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत विद्यार्थीहरु विद्यालयको आन्तरिक प्रतिस्पर्धामा मात्र होइन, मेयर कप स्कुल ओलम्पिकसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी विद्यार्थीहरु पनि छन् । एकेडेमीका निर्देशक प्रदीप राईको अध्यक्षतामा आयोजित कार्यक्रम वडा नं १२ का अध्यक्ष टंकबहादुर राई प्रमुख अतिथि रहेका थिए ।

एकेडेमीले भारतको आसाममा सम्पन्न साउथ एशियन सितेरियो कराते च्याम्पियनसीप–२०१९ मा पदक विजेता खेलाडीलाई सम्मान गरेको थियो । यस्तै, लखनउमा सम्पन्न नवौ अन्र्तराष्ट्रिय कराते च्याम्पियनसिपमा पनि पदक जितेका खेलाडीहरुलाई एकेडेमीले सम्मान गरेको थियो । साउथ एशियनमा सुनाखरीका विद्यार्थीहरुले नेपालको लागि ७ वटा स्वर्ण पदक जितेका थिए भने लखनउको नवौ अन्र्तराष्ट्रिय करातेमा ३ स्वर्ण पद जितेका थिए । लखनउमा भएको प्रतियोगितामा निमा डोल्मा तामाङले २ र साइसा राईले एक स्वर्ण जितेकी थिइन् । यस्तै, आसाममा सम्पन्न साउथ एशिउनमा सन्तोष शर्माले २, खुशी लिम्बूले १, प्रकृति लिम्बूले २, किर्तन राईले १ र लिजन गुरुङले पनि १ स्वर्ण पदक जितेका थिए । यसैगरि, सुनाखरीले राष्ट्रिय प्रतियोगिताको लागि छानिएका छात्रद्वय निश्चल राई र अनमोल विकलाई पनि कार्यक्रममा सम्मान गरेको थियो ।

57052372_1001666580022121_8

यसैगरी, सुनाखरीले केही समयअघि धरानमा सम्पन्न दोस्रो मेयर स्कुल ओलम्पिक प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई पनि सम्मान गरेको थियो । स्कुल ओलम्पिकमा सुनाखरी एकेडेमी सहभागी धरानका विद्यालयहरुमध्ये तेस्रो हुदै नगद ५० हजार जितेको थियो । त्यसबेला सुनाखरीले १० स्वर्ण, ८ रजत र १३ काँस्य पदक जितेको थियो । कार्यक्रममा हाजिरीजवाफ, वादविवाद, म्याराथुनलगायत विभिन्न गतिविधिहरुमा विजेता खेलाडीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो । एकेडेमीले खेलाडी विद्यार्थीहरुसँगै विभिन्न विधाका प्रशिक्षकहरुलाई पनि सम्मान गरेको थियो । कराते प्रशिक्षक किरण लामा, सेपाकताक्रोका कोच अमिर राई, टेबलटेनिसकी कोच गीता मगर, छमछमीकी फस्ट रनर अप एवम् नृत्य प्रशिक्षक मनिता राई, नृत्य शिक्षक देवीका राई, नाट्य निर्देशक हरि इवाहांग र अश्विन सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

57028940_308240309832963_78

कार्यक्रममा एसइईका अभिभावक, स्कुल प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।विद्यार्थीहरुलाई विद्यालयका निर्देशक प्रदीप राई, प्रमुख अतिथि एवं वडाअध्यक्ष टंककुमार राई, प्रिन्सिपल मिलनकुमार राई, सहायक प्रिन्सिपल अशोक लिम्बूलगायतले पुरस्कार तथा सम्मान गरेका थिए । प्रिन्सिपल राईले विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई ध्यान दिदै अतिरिक्त क्रियाकलापमा पनि जोडदिएको बताए । साथै, उनले अभिभावकहरुसँग शैक्षिक गुणस्तर वृद्ध गर्न निरन्तर समन्वय र सहकार्य भइरहेको पनि बताए । उनले यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकायमा कक्षा–११ सञ्चालन गर्ने पनि खुलाए । यस्तै, मल्टिमिडिया कक्षा, टिचर र अभिभावकहरुलाई पनि मोटिभेशन क्लासको व्यवस्था गरिने योजना रहेको बताए । विद्यार्थीहरुलाई सजाय नदिने र वालमैत्री स्कुल बनाउने पनि उनले खुलाए ।

57015711_405959446618586_38 22-8 2-23