धरान(डेस्क) : आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी हो।

वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभआशीर्वाद थाप्ने दिनकारुपमा लिइन्छ ।

आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन् । यसदिन दिवंगत आमाको सम्झनामा विभिन्न धार्मिक स्थल गएर पुजा आर्चना गर्ने गर्दछ।
आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् । आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनि वर्णित छ ।