धरान : किरात राईहरुको महान चाड साकेला उभौली शनिबारबाट शुरु भएको छ ।

वैसाखपूर्णिमादेखि शुरु भएको यो पर्व सुनसरीमा भने औसी अर्थात १५ दिनसम्म मनाउने गरेका छन् । यो पर्वको पहिलो दिन किरात राई यायोख्खा प्रकासा धरान १३ को आयोजनामा किरात राइहरुको सहभागितामा धरान १४ स्थित वुद्धिकर्ण राईका दरबार क्षेत्रमा पूजाअर्चना गरी साकेला नाचेर विधिवत रुपमा शुरु गरिएको हो ।
शुरुवातसंगै उनीहरुले दरबारक्षेत्रमा ढोल, झ्याम्टासहित साकेला समेत नाचेका थिए । दरबारक्षेत्रमा पूजाआर्चनासंगै शनिबारबाट यो पर्व शुरुवात भएको किरात राई यायोख्खा प्रकासा १३ का सह कोषाध्यक्ष बसन्त वान्तवाले बताए ।

sakelaa

किरातीहरुको पहिचानलाई सदियौ जीवन्तता राख्न सामुहिक रुपमा मनाउन थालिएको यो पर्व सुनसरीमा भने पदेश नं १ को नामाकरण किरात राख्नुपर्ने दबाब दिदै आयोजना गरिएको किरात राई यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईले बताए ।
उनले विराटनगरलाई नै स्थायी प्रदेशको राजधानी तोकिसकेको अवस्थामा अब प्रदेश नं. १ को नामकरण किरात पदेश हुनुपर्ने बताए ।
दबाब दिने उद्देश्यले नै साकेला पर्व अवधिभर केन्द्रीय स्तरदेखि प्रदेश र स्थानीय स्तरका विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत साकेलामा समावेश गरिने उनले बताए । उनले भने, “वैसाख ११ गते धरान नगर कार्यसमिति र प्रकाशा ९ र १० ले आयोजना गर्न लागेको साकेला नृत्यमा प्रदेश नं. १ का विपक्षी दलका नेता राजीव कोइरालालाई प्रमुख अतिथिको रुपमा निम्त्याएका छांै, यसले किरातको माग सुनुवाई हुनेमा हामी विश्वस्त छौं ।”
शुरुवातकै दिन वुद्धिकर्ण दरबार क्षेत्रमा युवा, वयस्क र वृद्धवृद्धाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरुले सो अवसरमा किरात राईका पहिचान र संस्कृतिलाई जोगाउनको लागि सहभागिता जनाएको बताएका थिए ।

कार्यक्रम अनुसार वैसाख ५ देखि १८ गतेसम्म सुनसरीको विष्णृुपादुका, पकली, प्रकाशपुर, पाचकन्या, हासपोसा, बराहक्षेत्र, इटहरी, दुहवी, धरान, भरौल, बक्लौरी हुदै अन्तिम दिन अर्थात वैसाख १८ गते धरान १७ साकेला पार्कमा प्रकाश स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीसगै कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्र चाम्लिङ्गले बताए ।

समय राम्रो होस, अन्नबाली सप्रियोस, सह बसोस् र अनिकाल नलागोस, सबै जीव प्राणीहरुमा सुख होस भन्दै सिमेभुमे पूजा गरी साकेला नाचेर नया अन्नबाली लगाउने चाड साकेला उभौलीको रुपमा किरात राईहरुले लिने गरेका छन् ।