धरान : विश्व वातावरण दिवशको अवसरमा धरान २० स्थित जैविक विविधता पार्कक्षेत्रमा धरान खानेपानी व्यवस्थापन वोर्डले करिब साढे ४ हजार विरुवा रोपेको छ ।

वुधवार विहान धरान उपमहानगरपालिकाकी कार्यवाहक उपप्रमुख मन्जु भण्डारी लगायत धरान ६ र १६ का वडाध्यक्ष, सदस्य तथा वनका पदाधिकारीहरुको रोहवरमा पहिलो चरणमा रुद्राक्ष र सिरिस फुलका विरुवाहरु रोपिएको हो । पहिलो चरण ४४६४ थान विभिन्न जातका विरुवा रोपिएको थियो । धरानको खानेपानी परियोजनाको लागि पन्चकन्याको जगल र चारकोशे झाडीमा काटिएका रुखहरुको सट्राभर्ना स्वरुप सो वृक्षरोपण कार्य सर्दु जलाधार क्षेत्र भित्रै गरीएको कुरा नगर प्रमुख भण्डारीले वताईन् ।

२०३५ सालमा जलाधार सरक्षणको लागि उठान गरिएको साविक तामाड वस्ती अर्थात वनियाटारमा रहेको ५ विगाह जमिनमा सो वृहत वृक्षारोपण भएको हो । जैविक विविधता पार्कका अभियन्ता आनन्द श्रेष्ठले २ सय प्रजातिका वोटविरुवासहितको जैविक विविधतायुतm आकर्षक वन लगाउने योजना रहेको वताए । यसैगरि, विश्व वातावरण दिवस मनाउन ओशो आश्रममा भेला भएका स्थानीय लाली गुरास आमा समुह, जानकी चोक टोल सुधार समिति र सैनिक महाविद्यालयका शिक्षक विधार्थीहरुको ठुलो समुहले सर्दु खोला र जैविक विविधता पार्कको सरसफाई गरेका थिए ।