पथरी : सामाजिक काममा अग्रसर सुनाखरी युवा क्लबले पथरीको सुनाखरी माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयमा एक कार्यक्रम आयोजना गरेर क्लबले विद्यालयका १ कक्षा देखि ४ कक्षासम्म अध्यनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबले विद्यार्थीलाई कपि, पेन्सिल, डटपेन, इरेजर वितरण गरेको हो । विद्यार्थी मैत्री समाज विकासका लागि यो कार्यक्रम गरिएको क्लबका सचिव मनि लुम्फुवाले जानकारी दिए । सो कार्यक्रममा वडा अध्यक्ष वाबुराम याङदेन, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कुमार चाम्लिङ, शिक्षा सेवि प्रदिप कुमार राई क्लबका अध्यक्ष मिलन राई लगायतले क्लबले सामाजमा र्पुयाएको कार्यको प्रशंसा गरेका थिए ।