धरान: धरान जेसिजका प्रथम महिला समूहले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुका लागि बस्ने बेन्च प्रदान गरेको छ ।

समुहले बुधबार विपी प्रतिष्ठानको हार्डजोर्नी विभागको ओपिडी कक्षमा एक कार्यक्रम बीच ४ थान बेन्च प्रदान गरेको हो । हार्डजोर्नीको ओपिडी कक्षमा विरामीहरुको चाप अत्याधिक भएको र बस्ने स्थानको पनि कमी भएको महशुस गरी स्वर्गीय अन्जु ताम्राकारको स्मृतिमा बेन्च प्रदान गरिएको प्रथम महिला समूहकी संस्थापक अध्यक्ष रेवा श्रेष्ठले बताइन् । स्वर्गीय ताम्राकार पूर्व प्रथम महिला समूहकी सदस्य तथा पूर्व अध्यक्ष अशोक ताम्राकारकी धर्मपत्नी हुन् । उनको केही वर्ष अघि तमर नदीले बगाएर देहावसान भएको थियो ।

S5380020

आफ्नो समूहकी सदस्यलाई अकल्पनिय रुपमा गुमाउनु पर्दाको पिडालाई व्यक्त गर्दै समुहले उनको आत्माको चिर शान्त्रीको कामना गर्दै यस पुण्य कर्म गरेको प्रथम महिला समूहकी अध्यक्ष उर्मिला श्रेष्ठले बताइन् । हार्डजोर्नी विशषज्ञ प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले प्रथम महिला समूहले गरेको कार्यको प्रशंसा गर्दै अस्पताल र प्रथम महिला समूहको सम्बन्ध अझ प्रगाढ भएको विचार राखे ।

कार्यक्रममा पूर्व प्रथम महिला समूहकी ईन्दु श्रेष्ठ, अस्पताल सहायक निर्देशक डा. विकास साह तथा पूर्व अध्यक्ष अशोक ताम्राकारले पनि सहयोगको प्रसंसा गरेका थिए । कार्यक्रममा धरान जेसीजका अध्यक्ष, पूर्व अध्यक्ष , पूर्व प्रथम महिलाहरु, वीपी अस्पतालका डाक्टरहरु एवं विरामीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

S5380067