धरान: जिल्ला नकआउट फुटबल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ ।

बिहीबारदेखि धरान १६ स्थित रंगशालामा सुरु भएको प्रतियोगितामा धरान फुटबल क्लब र टेम्के–११ ले विजयी सुरुवात गरेका छन् । धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो । धरानका मिलन लिम्बूले २ गोल गरे भने बिटु तामाङ र हिसब थपलियाले एक–एक गोल गरे । उक्त खेलको म्यान अफ दि म्याच धरानका हिसब थपलिया घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा टेम्के–११ ले न्यू सटार क्लब भरौललाई २–० गोल अन्तरले हराउदै विजयी यात्रा शुरुवात गर्यो । टेम्केका खेलाडीले प्रहार गरेको बल रोक्ने प्रयास गर्दा भरौलका सन्देश राईले आत्माघाती गोल गरेकय थिए । दोस्रो गोल टेम्केकय मन्दिप राईले गरेकय थिए । सो खेलको म्यान अफ दि म्याच टेम्केका हेम गुरुङ घोषित भए ।

शनिबार टेम्के–११ र धरान फुटबल क्लबले सेमिफाइनमा भिड्नेछ । प्रतियोगितामा सुनसरीका ८ टिम सहभागी छन् । शुक्रबार राष्ट्रिय जागृति क्लब इटहरी र गोल्डेन स्टार क्लबबीच खेल हुनेछ भने गोधुली क्लब र इलाभेन एरोजबीच खेल हुने आयोजक एन्फा सुनसरीले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले कोशी क्षेत्रअन्तर्गत सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरकय जिल्ला विजेताहरुसँग लिग खेल्नेछ । लिगको विजेताले १ नं. प्रदेश मुख्यमन्त्री लिग खेल्ने मौकय पाउनेछ भने राष्ट्रिय लिग छनौट खेल्ने मौका समेत पाउनेछ । प्रतियोगिता सोमबार सम्पन्न हुने आयोजक एन्फाले जनाएको छ ।