धरान : कुम्भ मेला आयोजक समितिले सुनसरी र मोरङका ९० जना सञ्चारकर्मीलाई सम्मानित गरेको छ ।
बुधबार बराहक्षेत्र–१ स्थित प्राचिन हरिद्वार चतराधाममा जगद्गुरु वालसन्त मोहनसण देवाचार्यको आश्रममा एक कार्यक्रमको आयोजना गरी सञ्चारकर्मीहरुलाई सम्मानित गरेको हो । गत बैशाखमा १ महिनासम्म सञ्चालित पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको समाचार सम्प्रेषण गरी मेलासंगै चतराधामको प्रचार प्रसारमा ठुलो सहयोग पु¥याएको भन्दै कुम्भ मेला आयोजक समितिले सञ्चारकर्मीहरुलाई सम्मानित गरेको हो । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अम्बर खड्का, अग्रज पत्रकार कृष्णविनोद लम्सालसहित धरान, इटहरी, इनरुवा, झुम्का, बराहक्षेत्र र विराटनगरका ९० जना सञ्चारकर्मीलाई जगद्गुरु बालसन्तले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सोही क्रममा बोल्दै जगद्गुरु बालसन्तले कुम्भ मेलामार्फत प्राचिन हरिद्वार चतराधामलाई विश्वमा चिनाउन सफल भएको बताए ।
उनले चतराधाममा लाग्दै आएको कुम्भ मेलालाई सफल पार्न मात्र नभएर चतराधामलाई नै विश्वमा चिनाउनमा सञ्चारककर्मीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै खुलेर प्रशंसा गरे । ‘कुम्भ मेलासंगै प्राचिन हरिद्वार चतराधामलाई विश्वमा चिनाउन पत्रकारहरुको महत्वपूर्ण भुमिका छ, म धेरै खुशी छ त्यसको लागि धन्यबाद’ जगद्गुरु बालसन्तले भने ‘यसपटक नर्बे, अष्ट्रेलिया, बेलायत, अमेरिकाका भक्तजनहरु कुम्भ मेलामा आए, कुम्भ मेला विश्वमा चिनियो ।’ उनले चतराधाममा आएर बस्नुको औचित्य खुलाउदै भने ‘म चतरा आएर बस्नुको तीन वटा उद्देश्य थियो, त्यो हो चतरामा कुम्भ मेला लगाउनु, चतरामा प्राचिन हरिद्वार स्थापना गर्नु र चतरालाई विश्वमा चिनाउनु त्यो सबै पूरा भयो ।’ उनले सबै उद्देश्य पुरा भएकोप्रति खुशी व्याक्त गरे । उनले चतराधाम धार्मिक महत्व बोकेको महत्वपूर्ण धार्मिक स्थल भएको बताउदै अब यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै लाग्नुपर्ने बताए । उनले नेपाल राष्ट्रलाई जोड्को लागि पूर्वमा प्राचिन हरिद्वार र पश्चिम महाकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति स्थापना गरेको बताए । उनले राजनीतिकले देशलाई विभाजनतिर लगेपनि धर्मले जोड्ने काम गरेको बताए । ‘नेताले देश तोड्ने हो, धर्मले राष्ट्रलाई जोड्ने हो’ उनले भने ‘राष्ट्रलाई जोड्ने काममा हामी लागेका छौं ।’