धरान: आगामी मंसिर १४ गते हुन लागेको उप–निर्वाचनमा धरानको मेयर पदको लागि हर्क सम्पाङ राईले उम्मद्वारी घोषणा गरेका छन् ।

मेयर तारा सुब्बाको निधन पश्चात रिक्त रहेको धरान उपमहानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा राईले आज मंगलबार उम्मेद्वारी घोषणा गरेका हुन् । जनसरोकार मञ्च नेपाल र राष्ट्रिय एकता सञ्जाल नेपालले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर उनलाई उम्मेद्वार घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषणासँगै उनले आफ्ना चुनावी एजेण्डाहरु समेत सार्वजनिक गरेका थिए । राई धरान–१८ निबासी हुन् । उनी धनकुटे रोड संघर्ष समितिको अभियन्ता समेत हुन् । उनले मेयर पदको लागि आफ्नो उम्मेद्वारी धराने जनताको हितको लागि दिएको प्रतिक्रिया दिए । ‘धराने जनताको लागि आन्दोलन गरेर मात्र हुदैन, हामी चुनाबमा जानुपर्छ भनेर निर्णय गरेका हौं,’मेयर पदका प्रत्यासी राईले भने ‘सबिधानको मर्म र भावना अनुसार धराने जनताको सेबक भएर इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता जनाउछुँ ।’

उपमहानगरको नेतृत्वले नगरबासीको हितमा काम गर्न नसकेको बताउदै यसरी विकासमा धरानलाई बन्धक बनाएर राख्न नहुने बताए । त्यसैको निकासको लागि पनि नगरबासीले आफुलाई जिताउनुपर्ने दाबी गरे । ‘धरानको एयरपोर्ट, सर्दुजलाधार क्षेत्र, बसपार्कलगायतको थुप्रै आयोजना विबादित छ, नगरपालिकाले निर्णय गर्न सकेन,’उनले भने,‘यसैको निकासको लागि आफु नेतृत्वमा जान चुनाबमा होमिन लागेको हो ।’ उनले जनताले तिरेको करबाट जनप्रतिनिधिले सुख भोग गर्नु त्यति शोभनिय नभएको बताउदै आफु नेतृत्वमा पुगे त्यस्ता सुबिधा नलिने घोषणा समेत गरे । ‘जनताको सेवा गर्न जानेले करोडको गाडीमा हिड्नु सुहाउदैन, म नेतृत्वमा पुगे यस्तो सुबिधा लिन्न,’उनले ठोकुवाका साथ भने,‘यदि लिएँ भने धराने जनताले मेरो खुटा भाँचिदिए हुन्छ ।’

harka-sangpang1,

जनसरोकार मञ्च नेपालका अध्यक्ष कृष्ण नारायण पलिखेले धरानको विकासको लागि जिताउन सबैमा अपिल गरे । ‘हामीले राम्रो मान्छेको खोजिमा थिँयौं, हामीले हर्क जीलाई पाएका छौं’ उनले भने ‘अबको धरानको विकासको लागि उहाँलाई नेतृत्वमा पु¥याउनुपर्छ ।’ उनले नगरबासीमा चेतनाको विकास भएमात्र धरानको समृद्धि हुने बताए । जनसरोकार मञ्चले उठाउदै आएको धरानको दिर्घकालिन खानेपानी समस्या समाधान, सर्दुजलाधार क्षेत्रलगायतको साँत बुँदे मुद्धालाई अक्षरस पालना गर्ने प्रतिबद्धता समेत जनाए । उनले सुशासनको प्रत्याभुति, चुस्तदुरुस्त प्रशासन, जनमुखी तथा जवाफदेही उपमहानगर, बैज्ञानिक कर प्रणाली लागू गर्ने चुनाबी एजेण्डा अघि सारेका छन् ।

संविधानले दिएको जनताको मौलिक हकहरुको ग्यारेन्टी, खानेपानी व्यावस्थापना, वीपी अस्पताल व्यावस्थापन, बसपार्क स्थानातरण, भुमिहिनहरुलाई धनीपूर्जा, आकाशे पुलहरु निर्माण, रिगरोडको निर्माण, विवादित एयरपोर्टको ठोस निर्णयलगायतको महत्कांक्षि योजना अघि सारिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसंगै धरानमा चुनाबी माहोल तादिदैछ । यस अघि नेपाली कांग्रेसकोतर्फबाट मेयर पदको लागि नगरसभापती तिलक राईलाई अघि सारिएको छ । यसैगरी, लिम्बुवान मञ्च र संघिय समाजवादीले पनि उम्मेद्वार घोषणा गरिसकेको छ ।