इटहरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट शुक्रबार थप ७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार झापाका ७ जना २२ देखि ४२ वर्षका महिलाहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई डिस्चार्ज गरिएको हो ।

बीपीमा पछिल्लो पटक एक जना नयाँ कोरोना सङ्क्रमित उपचारका लागि थपिएका छन् । यो सँगै अझै प्रतिष्ठानमा ३८ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ । आज डिस्चार्ज भएकाहरूसँगै बीपीबाट १ सय ९८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।