धरान : मोरङ जिल्लाको विराटनगर-८ अशोक चौकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्यनरत दुई बालिकामाथी ‘बाल यौन दुर्व्यवहार’ गरेको आरोपमा सोहि  विद्यालयका प्रधानाध्यापक विरूद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो ।

 ४१ वर्षीय मोलबी अमिरुदिन भन्ने महमद अमिर मियाँ विरूद्ध अदालतमा मुद्दा दर्ता भएको हो । प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका अभियुक्त महमद अमिर मियाँलाई हदैसम्मको कारबाहीको माग राख्दै पीडित परिवार र आफन्तले अदालत परिसर बाहिर प्रर्दशन गरेका छन् । उनीहरूले बालयौन दुव्र्यहार गर्नेलाई कडा कारबाही गर, दोषिलाई उन्मुक्ति दिन पाइँदैन, पीडित बालिकालाई न्याय दिउँ लगायतको प्लेकाडसहित प्रर्दशन गरेका थिए । उनको आज जिल्ला अदालत मोरङबाट अन्तिम फैसला हुँदै छ ।

मोलबीलाई गत माघ ७ र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । पिडितले माघ १० गते छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । सोहि दिन अमिर फरार भएका थिए । माघ १० गते अमिरको नाममा पक्राउ पुर्जि आएको थियो । फरार रहेको ६ महिनापछि यौन दुर्व्यवहार आरोप लागेको मोलवी २०७७ साल ४ महिना १ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।

दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ । २०६४ सालदेखि सो मदरसामा अध्यापन गराउँदै आएका अमिरले छात्राहरुलाई यसअघि पनि पटक-पटक यौन दुर्व्यवहार गर्दै आएको स्थानीयको भनाइ छ ।