धरान : धरानकै पुरानो मध्येको एक शिक्षा निकेतन माविमा पूर्व विद्यार्थीहरूको समिति गठन भएको छ ।

पूर्व विद्यार्थी समितिको अध्यक्षमा रामस्वरुप शर्मा चयन भएका छन् । उपाध्यक्ष सन्तोष कार्की, सचिव विवेक अग्रवाल, कोषाध्यक्षमा हिमा प्रधान केसी, सह सचिव सुरेश निरौला रहेका छन्।

सदस्यहरूमा जीवन कुमार अग्रवाल, इन्द्र न्यौपाने, सुरेन्द्र सिंह वि.क, यज्ञमणि आचार्य ,अशोक डाँगा, सुशीला राई, उषा सुब्बा, लक्ष्मी श्रेष्ठ, बालिका खड्का र सञ्चिता चयन भएका छन् ।

स्थापना काल देखि हाल सम्म यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको संलग्नता रहने गरी मञ्च गठन गर्ने उद्देश्य अनुरूप जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गराउन विधान मस्यौदा समेत तयार पारेर समिति गठन गरिएको समितिका अध्यक्ष राम स्वरूप शर्माले जानकारी दिए ।

उनका अनुसार गठन गर्न लागिएको मञ्चले विद्यालयका भौतिक संरचना र शैक्षिक स्थिति उकास्नका लागि सहयोगीको रूपमा कार्य गर्नेछ । धेरै पूर्व विद्यार्थीहरू अनलाइन मार्फत सम्पर्कमा आइरहेका छन् भने कतिपय विद्यार्थीहरूले विद्यालयमा थप बन्दै गरेको भवन निमार्णको लागि सहयोग रकम घोषणा समेत गरेका छन् ।

यो विद्यालय २०१० सालमा स्थापना भएको धरानकै पुरानो मध्येको एक विद्यालय हो । हाल यस विद्यालयमा कक्षा १२ सम्म १४ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।