झापा : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २८ गते झापा आउने भएका छन् ।

नजिकिदैं गरेको बडादसैँ, तिहार, छठ र नेपाल संम्बतको अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली नवमीका दिन झापा आउने नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्तालाई निमन्त्रणा गरिने भएको छ ।