धरान : प्रदेश १ मा लोकप्रिय सिमेन्टको परिचय बनाएको बन्धन सिमेन्टले निर्माण व्यवसायी सङ्घ इलामको २० औँ साधारण सभाका सहभागीहरूको नि:शुल्क दुर्घटना बिमा गरिएको छ । बन्धन सिमेन्टले साधारण सभामा सहभागीमध्ये ८४ जनाको ५ लाखको दुर्घटना बिमा गरिदिएको हो ।

२२० जना सहभागी कार्यक्रममा विवरण पुगेका ८४ जनाको बिमा गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा सहभागी सम्पूर्ण इच्छुक व्यक्तिको नि:शुल्क बिमा गरिने बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका ब्रान्ड म्यानेजर अर्जुन पौडेलले जानकारी दिए ।

यसअघि पनि उक्त कम्पनिले श्रम क्षेत्रमा सक्रिय मजदुर तथा कर्मचारीहरूको बिमा गरिदिने गरेको थियो । मजदुरहरूलाई भइपरी आउने दुर्घटना तथा जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि कम्पनिले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न बिमा गरिदिने गरेको पौडेलले बताए ।

शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनिले मजदुरहरूको बिमा गर्ने गरेको उनले बताए ।

बन्धन सिमेन्ट विराटनगरमा मुख्य कार्यालय रहेको नेपालकै अत्याधुनिक जर्मन प्रविधिमा आधारित गुणस्तरीय सिमेन्ट हो । पटक पटकको ल्याब परीक्षणपछि मात्र सिमेन्टको अन्तिम प्याकेजिङ गरिन्छ । कम्पनिले यसअघि पनि सुनसरी तथा मोरङका विभिन्न ठाउँमा भवन निर्माणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गरिसकेको छ ।