चतरा : चतरामा जारी प्रथम बराह च्यालेन्ज फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा पञ्चायन फुटबल क्लब वक्लौरी विजयी भएको छ। राजावास फुटबल क्लब राजावासलाई ०-१ गोलले हराउँदै पाञ्चायन विजेता बनेको हो।

पहिलो हाफको १० औँ मिनेटमा पञ्चायनका जर्सी नं ९ का सुदन मगरले गरेको गोल निर्णायक बन्दा पञ्चायन अघिल्लो चरणमा प्रवेश गरेको हो। निकै प्रतिस्पर्धामा बनेको खेलमा त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा पञ्चायनका सुदन मगरको गोल निर्णायक बनेको थियो। खेलमा निर्णायक गोल गरेका सुदन मगर म्यान अफ द म्याच घोषित भए। उनलाई पूर्व राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले नगद २ हजार र ट्रफी प्रदान गरे।

आइतबार पटनालि फुटबल क्लब धरान र वराह यूथ क्लब तित्रिगाछिका बिच हुने आयोजक क्लब हाटखोला फुटबल क्लबका सचिव रोहित साहले बताए । खेल स्थानीय बाइसबिघे खेल मैदानमा भइरहेको छ।

sudam-magar