धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव जितेन्द्र राईलाई पार्टीको प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएको छ।
काँग्रेस उपमहानगर समितिको धरान १५ स्थित होटेल धरान किचनमा सभापति श्याम पोख्रेलको सभापतित्वमा  बसेको दोस्रो पूर्ण बैठकले विभिन्न विभागहरू गठन गर्नुका साथै पार्टीका सल्लाहकार र सदस्यहरू मनोनीत गरेको हो । 
उपसभापति द्वय नरेन्द्र कुमार राईलाई सङ्गठन विभाग संयोजकको जिम्मेवारी दिइएको छ भने सन्तोष लिम्बुलाई अव्यवस्थित बसोबास संरक्षण समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, अर्का सचिव हिमाल श्रेष्ठलाई भातृ सङ्घसंस्था समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको छ । सहसचिव द्वय शिला बज्राचार्यलाई महिला विभाग संयोजकको दिइएको छ भने यूनेश राणा मगरलाई स्थानीय विकास समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ । 
यस्तै, कोषाध्यक्ष पञ्चकला राईलाई आर्थिक विभाग संयोजकको जिम्मेवारी दिइएको छ । उक्त बैठकमा तत्कालीन नगरका कोषाध्यक्ष सुवर्ण श्रेष्ठले आर्थिक आय व्यय प्रस्तुत गर्दै हिसाब किताब कोषाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । 
यस्तै, सङ्घसंस्था समन्वय समिति, स्वास्थ्य तथा विपद् व्यवस्थापन समिति, सुवेच्छुक सङ्घसंस्था समन्वय समिति, शिक्षागत सङ्घसंस्था समन्वय समिति, बुद्धिजीवी समन्वय समिति, खेलकुद समन्वय समिति, शान्ति सुरक्षा समन्वय समिति, कला तथा सांस्कृतिक समन्वय समिति, धार्मिक सङ्घसंस्था समन्वय समिति, वन तथा वातावरण समिति र अन्तर पार्टी समन्वय समितिको विभागीय संयोजकको जिम्मेवारी दिइएको काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ । 
यस्तै, दोस्रो पूर्ण बैठकले सल्लाहकारहरू पनि मनोनीत गरेको छ । हर्ष सुब्बा, गिरिराज आचार्य, भीष्म काफ्ले, आनन्द आचार्य, हेमलाल गुप्ता, भैरवमान श्रेष्ठ, गोविन्द दर्नाल, पदम लिम्बु, तिलक सुनुवार, महेशमान पालिखे, प्रा.डा. गोपाल भण्डारी, पूर्ण सुवेदी, हिरा उदास, प्रा. जीवन राई, प्रा. विशाल श्रेष्ठ, प्रा. गङ्गा चौलागाई, प्रा. बद्री तामाङ, सागर बम्जन, प्रा. ईन्द्रमोहन झा, उर्मिला प्रधान, अरुण कटुवाल, सुरज श्रेष्ठ, हेमन्त लिम्बु, रुपम लामा, वासुदेव बराल, सरिता लिम्बु, परशुराम केसी, शंकरदास राई, सरस्वती ढकाल र निरकुमार राईलाई काँग्रेस धरान उपमहानगर समितिको सल्लाहकारमा मनोनीत गरेको हो।
यस्तै, काँग्रेसको विधान अनुसार ३३ जना नगर सदस्य मनोनीत गरेको छ । मनोनीत नगर सदस्य, सल्लाहकारहरूलाई सभापति श्याम पोख्रेलले खँदा लगाएर मनोनयन पत्र हस्तान्तरण गरेका थिए । सभापति पोख्रेलले धरानमा काँग्रेसको लोकप्रियता बढ्दै गएको बताउँदै बुथ सभापतिहरूलाई क्रियाशील भेला कार्यक्रम आयोजना गर्न पनि निर्देशन दिए ।
baithak-2-congresss