धरान : इटहरी-धरान सडक खण्ड अन्तरगत चारकोसे जङ्गलमा मोबाइल नेटवर्कको समस्या समाधान भएको छ । नेपाल टेलिकम धरान शाखाले टावरको एलाइन्मेन्ट परिवर्तन गरेपछि समस्या समाधान भएको हो। 
नेपाल टेलिकम धरान शाखा प्रमुख प्रसन्न थापाका अनुसार बाटो बिस्तार भएको कारण पनि नेटवर्कमा सुधार देखिएको हो। नेटवर्कमा समस्या सृजना गर्ने रुखका हाँगा काट्ने र एन्टेना परिवर्तन गर्ने काम भएको उनले बताए । यसअघि सुनसरी उद्योग वाणिज्य सङ्घले सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई समस्या बारे ध्यानाकर्षण गराएको थियो ।
जङ्गल बिचमा दुर्घटना हुँदा, सवारी साधन बिग्रिँदा, चोरी तथा लुटपाट हुँदा वा कुनै पनि समस्या पर्दा मोबाइलको नेटवर्क नलागेर बर्सौँ देखि जनताले समस्या भोग्नु परेको भन्दै सङ्घले जानकारी गराएपछि मन्त्री कार्कीले एक सातामा समाधान हुने बाचा गरेका थिए ।
मन्त्री कार्कीको निर्देशन अनुसार फोन नलाग्ने समस्या सामदान गर्न तत्काल गर्न टेलिकमले चासो दिएको हो । जङ्गल क्षेत्रको लागि सेउती खोला नजिकैको टावरबाट नेटवर्क प्रवाह हुन्छ ।
network-jungle