धरान : धरान-२० को चिण्डेडाडा नजिकैको टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ । 

हाइटेन्सन टावर नजिकै घर भएकी ६४ बर्षीया वृद्धा पुर्णश्वरी राईको हत्या भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउकुमार लिम्बुले जानकारी दिए ।

वृद्धा घरमा एक्लै बस्ने गरेकी थिइन् । उनको हत्या हिजो नै भए पनि घटनाबारे आज बिहान मात्र थाह भएको स्थानीयले बताएका छन् । मृतक वृद्धले लगाएको गरगहना नभएकोले लुटिएर हत्या गरिएको हुनसक्ने स्थानीयवासीको भनाई छ ।

अहिले घटना स्थलमा इलाका प्रहरी कार्यालयको टोली पुगेर मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको बताइएको छ । अहिले सम्म घटनाको विस्तृत विवरण आइसकेको छैन ।