इटहरी : नवरात्री सुरु भए सँगै इटहरीको जनता माध्यमिक विद्यालयको खेलमैदानमा सार्वजनिक दुर्गा पूजा सुरु भएको छ । नवरात्रीको पहिलो दिन जमरा राखेर दुर्गापुजाको विधिवत् सुरुवात भएको हो ।  
२७ वर्ष अगाडी देखी सुरु भएको सामूहिक जमरा राख्ने र दुर्गा भवानीको पूजा गर्ने प्रचलन पछिल्लो समय झनै लोकप्रिय बन्दै गएको छ । इटहरीकै पहिलो र ठुलो सामूहिक दुर्गा पूजाले हिन्द धर्मावलम्बीलाई अकर्षीत गरेको दुर्गा पूजा समितिका अध्यक्ष हर्क केसीले बताए । 
दैनिक बिहान ८ बजे र साँझ ७ बजे आरती गरेर पूजालाई व्यवस्थित गरिएको अध्यक्ष केसी बताउँछन् । सार्वजनिक पूजामा सम्पूर्ण इटहरीवासीले सहभागी जनाउन पाउने उनको भनाई छ। सामूहिक जमरा राखेको कारण धेरै हिन्दु धर्मावलम्बीलाई सहयोग पुगेको उनले प्रष्ट पारे । सुतक वा जुठो परेर जमरा राख्न नपाएका देखी घर भाडामा बस्नेहरूलाई जमरा उपलब्ध गराइँदै आएको उनले बताए । 
रमेश लोहिया संस्थापक अध्यक्ष भएर सुरु भएको सामूहिक दुर्गा पूजाले इटहरीवासीलाई भावनात्मक रूपमा जोडेको पूर्व अध्यक्ष नारायण शाहले बताए । स्थानीयको सहयोगमा यस वर्ष ९ लाख लागतमा पूजा आयोजना गरिएको उनी बताउँछन् । सुरुवात देखी नै विभिन्न व्यापारी व्यवसायी र राजनैतिक दलको सहयोगमा पूजा सफल हुँदै आएको शाहको अनुभव छ ।
itahari-durga-puja-2