चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको दुर्गाकाली मन्दिरमा धूमधामका साथ फूलपाती भित्र्याइएको छ ।
विजया दशमीको सातौँ फूलपातीको दिन मङ्गलवार धूमधामले फूलपाती भित्र्याइएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष ईनु अधिकारीले बताइन् ।
दिउसोको साढे २ बजे मन्दिरबाट बाजागाजा सहित सुरु भएर फूलपाती उत्सव बुधबारे चौक, बसपार्क, मुनाल चौक, महेन्द्र गेट, पानी टङ्की हुँदै चक्रघट्टि परिक्रमा गरिएको थियो। 
दुर्गा काली मन्दिर परिसरमा राखेको फूलपाती नौ वटी देवीको प्रतीकको रुपामा बजार परिक्रमा गरी मन्दिरमा भित्र्याइएको थियो ।