धरान : नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहितको बेठी लगाउँदै धान रोपाइँ गरिने दृश्य कमै देखिन्छ ।

दुर्लभ रूपमा रहेको बेठी संस्कृति अहिले एकादेशको कथाजस्तै भएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्ने उद्देश्यले धरान उपमहानगरपालिका-६ पानबारीको खेतमा असारे बेठी लगाइएको छ ।

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको त्यहाँका किसान बताउँछन् । यस वर्ष समयमा पर्याप्त वर्षा नभएका कारण किसानलाई धान रोप्न असजिलो भएको छ ।

हरेक वर्ष पन्ध्र असारमा यहाँ धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुसीयाली साटासाट गर्ने गरिन्छ ।

खेतमा हिलो खेलेर रमाइलो गर्दै नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोप्ने गरिन्छ ।

dhan-ropai-panbari3

dhan-ropai-panbari7
dhan-ropai-panbari1
dhan-ropai-panbari4
dhan-ropai-panbari2
dhan-ropai-panbari5