धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज बुधवार औपचारिक वक्तव्य जारी गर्दै हिन्दु धर्मावलम्बीको विशेष पर्व जनै पूर्णिमा (रक्षाबन्धन), नेवार समुदायको क्वाँटी पूर्णे साथै गाईजात्राको शुभकामना प्रकट गरेका छन् ।

यसअघि मेयर साम्पाङले हिजो मगंलवार फेसबुक मार्फत उनले आव्हान गरेको भदौ १५ गतेको र्‍याली स्थगित गरिएको जानकारी गराएका थिए ।

धरान उपमहानगरपालिकाको लेटर हेडमा आज जारी शुभकामना सन्देशमा मेयर साम्पाङले सम्पूर्ण हिन्दु धर्मावलम्बी तथा नेवार समुदाय सहित धरानवासीमा एकता, पारस्परिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माण, उन्नति प्रगतिका तथा समृद्धिको कामना गरेका छन् ।

वक्तव्यमा भनिएको छ ‘धरान उपमहानगरपालिका विभिन्न जातजाति एवं भाषा भाषीको बसोबास भएको विविधतायुक्त सहर हो। यहाँ बसोबास गर्ने सबैका आ-आफ्ना भौतिक एवं परम्परागत भेषभुषा, चाडपर्व तथा संस्कार संस्कृति रहेका छन् ।’

यस्ता सांस्कृतिक पर्वहरूले संस्कृतिको संरक्षण गर्न थप प्रेरणा प्राप्त हुने उल्लेख गर्दै यो पर्वले धरानको विकास र समृद्धिका लागि आपसी सहयोग सकारात्मक भाव, सहिष्णुतामा थप ऊर्जा दिनेछ भनी शुभकामना प्रकट गर्दछु भनिएको छ ।

janaipurnima subhakamanaryali sthagit