इटहरी : कोशी प्रदेश सरकारको आग्रहमा कात्तिक १ गते प्रदेश सभा बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी बैठक आह्वान गरेको हो ।

प्रदेशसभाको बैठक कार्तिक १ गते बुधवारका लागि बोलाइएको छ । बुधवार दिनको ११ बजेका लागि तोकिएको बैठकमा नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनु अघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।  मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । असोज २० गते निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएर बैठक स्थगित भएको थियो ।