धरान : सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा धरान रङ्गशालामा आयोजना गरिने धरान एक्सपो २०८० व्यापार मेलामा स्टल राख्न चाहनेहरूका लागि स्टल बुकिङ खुला गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

एक्स्पोमा यसपालि डोम हेंगरमा निर्मित १५० स्टलहरू रहने छन् । डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टल हुनेछन् । बाहिर थप अन्य व्यापार, व्यवसायका लागि स्टलहरूको व्यवस्था गरिएको छ ।

व्यापार मेला फागुन ११ गते देखि सुरु भई २३ गते समापन हुनेछ । धरानका स्वदेशी उत्पादनहरू सहित कृषि, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धनलाई धरान एक्सपोले प्राथमिकतामा राखेको छ । धरान एक्सपो धरानको व्यापारी, व्यवसायी, स्थानीय उद्यमीमा नयाँ उत्साह र उपभोक्ता बजारमा चहल पहल ल्याउन आयोजना गरिएको हो ।

मेलामा दैनिक साँझ राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू रहेको आयोजकले जनाएको छ ।

एक्स्पो समय बिहान देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क रहने तर साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँ सम्म लाग्नेछ । एक्स्पो २३ फागुनसम्म सञ्चालन हुनेछ ।

dharan expo mela 2