धरान : राजनैतिक दलहरूले खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क, महसुल खारेज गरी पुरानै दर कायम नभए सम्म धरानवासीलाई महसुल नबुझाउन आव्हान गरेको छ।
पुरानै दर यथावत् राख्न माग गर्दै हिजो बोर्डको कार्यालयमा ताला लगाए लगत्तै दलहरूले उपभोक्ताहरूलाई उक्त आव्हान गरेको हो ।
१० दलका नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ‘दोस्रो चरणको विरोधका कार्यक्रम अन्तर्गत साउन २१ गते -आज) देखी पुनः चरणबद्ध आन्दोलन स्वरुप महसुल काउण्टरमा तालाबन्दी गरिने जानकारी गराउँदछौ । साथै वृद्धि भएको खानेपानीको महसुल तथा शुल्क पुरानै दररेट कायम नभए सम्म खानेपानीको महसुल तथा शुल्क नबुझाउन सम्पूर्ण धरानवासी आमा, बुवा, दाजुभाइ, दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।’
Khanepani-PR