इटहरी : सप्तकोसीको बिचमा अलपत्र परेका २५ जनालाई उद्धार गर्न मोटर बोट प्रयोग गर्ने तयारी भइरहेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ नम्बर वडामा फसेका स्थानीयलाई उद्धार गर्न नेपाली सेनाको टोली परिचालन भएको हो ।
नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोलीले उद्धारको प्रयास जारी राखेको तर तत्काल सम्भव नदेखिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । मोटर बोटबाट उद्धार गर्ने प्रयास गरे पनि पानीको अत्यधिक बहाव र काठको मुडाको कारण समस्या भएको उनको भनाइ छ । 
बाढी ग्रस्त क्षेत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अवलोकन गरेको तिवारीले जानकारी दिए । सप्तकोसीको बाढीले उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ उच्च जोखिममा परेका छन् ।
koshi-badi-gyanendra-karki