धरान : सुनसरी जिल्ला प्रहरी कार्यालयले धरान स्थित बराह बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्ता र शेयर धनीहरूलाई आफै उपस्थित भई उजुरी दिन सार्वजनिक सूचना जारी गरेको छ ।
बराहका सञ्चालक मानबहादुर विश्वकर्मा सहितको विरुद्धमा परेको जाहेरीको आधारमा सहकारी ठगी सम्बन्धी कसुर सम्बन्धी मुद्दामा रकम फिर्ता नपाएकाहरूलाई थप उजुरीको लागि सूचना जारी गरिएको हो ।
बराह सहकारीले रकम फिर्ता नदिएका पीडित शङ्कर थापा क्षेत्रीले दिएको जाहेरीमा नेपाल सरकार वादी भई रकम फिर्ता नपाएको पीडितहरूको सुनवाइ र सहकारी सञ्चालकहरू विरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानको क्रममा प्रहरीले बराह सहकारी सञ्चालनमा संलग्नता रहेका ९ जनालाई पक्राउ गरेको बुझिएको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
Police notice