धरान : काठमाण्डौंमा शनिवार साँझ भएको बालबालिकाहरूको ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ प्रतियोगितामा इङसोजङ थापा सिनियर ब्वाइजको उपाधि विजेता बनेका छन् । सिनियर गल्र्सको उपाधि विजेता आरुसी बुढाथोकी भइन् ।
विजेता थापा धरानकी सपना सुब्बा र योग थापाका छोरा हुन । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो ।
राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा सिनियर र जुनियर विधामा विभिन्न विजेताहरूले उपाधि जितेका छन् । जुनियर ब्वाइजको उपाधि विजेता रिवान बस्नेत बने भने जुनियर गल्र्सको उपाधि विजेता आरुसी बुढाथोकी भइन् ।
प्रतियोगितामा जुनियर व्वाइज तर्फ शिवांशु अर्याल सेकेन्ड रनर अप र प्रान्शु बस्नेत फस्ट रनर अप रहे । जुनियर गल्स् तर्फ क्यारिन बाडेकर फोर्थ रनर अप, अनिता महर्जन थड रनर अप, शुभानी पाण्डे सेकेन्ड रनर अप र अलिमा थापा फस्ट रनर अप बनिन् ।
सिनियर ब्वाइज तर्फ शिबाम्सु कटेल सेकेन्ड रनर अप भए । ब्रायन श्रेष्ठ फस्ट रनर अप बने । सिनियर गल्स् तर्फ रेनेश्मी स्थापित फोर्थ रनर अप, इभानी पुन मगर थर्ड रनर अप, डिजा आभा तिम्सिना सेकेन्ड रनर अप, सुशासिका घर्ती मगर फस्ट रनर अप विजेता भइन् ।
उपाधिका शीर्ष विजेताहरू सहित सबैले आकर्षक पुरस्कार साथमा विभिन्न अवसर समेत पुरस्कारको रूपमा प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णायकहरूमा माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलका प्रिन्सिपल होमनाथ आचार्य, ललितपुर युरो स्कुलका प्रिन्सिपल सन्तोष दाहाल, प्राइमरी स्कुल को–अडिटनेर बुनु राई, प्राइमरी स्कुल को–अडिटनेर सुरैया शाक्य, जेभियर इन्टरनेशनल स्कुल इवाईपी को–अडिटनेर कल्पना त्रिपाठी लगायत थिए ।
मिलिनियम किड्स इन्टरनेशनल नेपालका सौन्दर्य प्रतियोगिताहरू भन्दा भिन्न अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टम सहित हुने गरेको एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल, फेसन कोच राज फैजुले बताए ।










































































