धरान:तेस्रो तृष्णा मेमोरियल एमेच्योर गल्फ टुर्नामेन्ट रनिङ ट्रफीको उपाधी धरानका गल्फर हेमन्त थापाले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा शनिबार भएको प्रतियोगितामा ५ अण्डर ६५ स्कोर गर्दै थापाले उपाधि जितेका हुन् ।

१६ ह्यान्डीक्याप खेलाडी रहेका थापाले फ्रन्ट नाईनमा ९ ओभर ४४ र ब्याक नाइमा २ ओभर ३७ कार्ड बनाएका थिए । उपाधि जितेसँगै उनको २ ह्याण्डीक्याप घटेको छ । यस्तै, हेमन्तसँगै समान ५ अण्डर ६५ स्कोर भएपनि ब्याक काउण्टको आधारमा वलबहादुर राई दोस्रो भएका थिए । १० ह्याण्डीक्याप खेलाडी रहेका उनले फ्रन्ट नाइनमा ३ ओभर ३८ र ब्याक नाइनमा २ ओभर ३७ को कार्ड बनाएका थिए । उनको पनि २ ह्यान्डी क्याप घटेको छ ।

gulfar

यसैगरि, प्रतियोगितामा ३ अन्डर ६७ स्कोर गरेका युवराज लिम्बूले तेस्रो पुरस्कार जिते । उनी २० ह्याण्डी क्याप खेलाडी हुन् । उनले फ्रन्ट नाइनमा ८ ओभर ४३ र ब्याक नाइनमा ९ ओभर ४४ कार्ड खेलेका थिए । प्रतियोगिता पछि उनको १ ह्यान्डिक्याप घटेको आयोजक धरान गल्फ क्लबले जनाएको छ । प्रतियोगितामा नियरेष्ट टु दि पिनको पुरस्कार टेकबहादुर राईले जिते भने लङ्गेष्ट ड्राईभको पुरस्कार चन्द्र खापुङले हात पारे । यस्तै, मस्ट बर्डीको पुरस्कार रामबहादुर तामाङले हात पार्दा महत्वपुर्ण पुरस्कार ग्रस विजेता सुन्दर राईले हात पारे ।

महिलातर्फ नोर्किन पाख्रिनले १ ओभर ७१ स्कोर गर्दै उपाधि उचालिन् । उनी २२ ह्यान्डिक्याप खेलाडी हुन् । महिलातर्फ सुशिला राई १४ ओभर ८४ स्कोर र सुमित्रा राईले २७ ओभर ९७ स्कोर गर्दै क्रमशः दोस्रो र तेस्रो भए । विजेताहरुलाई धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बू, निवर्तमान अध्यक्ष पुर्ण लिम्बू, निर्वाणा कन्ट्रि क्लबका सञ्चालक शशीराम भण्डारी, प्रायोजक उत्तम राईले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । भारतीय सेनाबाट अवकाश पाएका गल्फर उत्तम राई र उनकी श्रीमति निमल राईले आफ्नो स्वर्गीय छोरी तृष्णाको स्मृतिमा एमेच्योर गल्फ प्रतियोगितामा प्रायोजन गर्दै आएका छन् । विगत तीन बर्षदेखि प्रतियोगितालाई धरान गल्फ क्लबले निरन्तर आयोजना गर्दै आएको छ ।

gulf 3