धरान : मेयर कप ओपन एमेच्योर गल्फ प्रतियोगिताको उपाधि टंकबहादुर राईले जितेका छन् ।
पार ७० को निर्वाणा गल्फ कोर्षमा शनिबार आयोजित प्रतियोगिता एक अण्डर ६९ स्कोर गर्दै राईले उपाधि जितेका हुन् । कुल २१ ह्याण्डीक्याप खेलाडी राईले नेट स्कोर २० ओभर ९० गरेका थिए । प्रतियोगितामा इभन पार खेलेका राजकुमार राई दोस्रो भए । पाँच ह्याण्डीक्याप खेलाडी उनले नेट ५ ओभर ७५ स्कोर गरेका थिए ।
यस्तै, इभन पार स्कोर गरेका जीवन राई तेस्रो भए । उनी पनि ५ ह्याण्डीक्याप खेलाडी हुन् । उनले नेट स्कोर ५ ओभर ७५ स्कोर गरेका थिए । प्रतियोगितामा महिलातर्फको विजेता नोर्किन पाख्रिन भइन् । यस्तै, प्रतियोगितामा एक ह्याण्डीक्याप खेलाडी वविन्द्र राईले २ ओभर ७२ स्कोर गर्दै ग्रस विजेता बने । ३ वटा होलमा वर्डी गरेका राम तामाङले मोस्ट वर्डीको पुरस्कार जिते भने लंगेष्ट ड्राइभको पुरस्कार युकेबाट आएका भुवन गुरुङले जिते । यसैगरी, नियरेष्ट टु दि पिनको पुरस्कार विरेन लिम्बूले जिते ।

gulf 123
विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बू, प्रमुख अतिथि एवं धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, जिल्ला संघका अध्यक्ष डि.बि.राई, धरान १९ का वडाअध्यक्ष पुर्ण लिम्बूले पुरस्कार वितरण गरेका थिए । धरान उपमहानगरअन्र्तगतको धरान नगर खेलकुद विकास समितिले उपलब्ध गराएको एक लाख बजेटबाट प्रतियोगिता आयोजना गरिएको सचिव जितेन्द्र राईले बताए । कार्यवाहक प्रमुख भण्डारीले गल्फ कोर्षको मर्मतसम्भार, व्यवस्थापनमा उपमहानगरले पनि सहयोग गर्ने बताइन् । साथै, आउदो मेयर कप स्कुल ओलम्पिकमा पनि समावेश गरिने उनले बताइन् ।