धरान: नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको २१ औं सँस्करण आइतबारदेखि धरान १६ स्थित रंगशालामा शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा आइतबार प्रतियोगिताको भव्य उद्घाट भयो । उद्घाटन समारोहलाई चिण्डे डाँडाबाट उडेको प्याराग्लाइडिङले थप भव्य बनाइदियो । धरानको वडा नं २० बाट उडेको टेण्डम र सोलो पाइटलहरु खेल शुरु हुनुअघि रंगशालाको खेल मैदानमा अवतरण गरेका थिए ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले बुढासुब्बा गोल्डकप नेपालकै लोकप्रिय र छुट्टै पहिचान बनाउन सफल प्रतियोगिता भएको बताए । निरन्तर आयोजना हुनेमध्ये एक मात्र प्रतियोगिता बुढासुब्बा भएको भन्दै उनले भने,‘पहिचान बनाउन सफल प्रतियोगिता यही हो, भन्छन् नि नामै काफी छ । बुढासुब्बा गोल्डकप भनेपछि नामै काफी छ ।’ गोल्डकपको भव्यता बढीरहेको भन्दै उनले भने,‘सम्मान व्यक्त गर्न चाहन्छु ।’

IMG_0208

आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले कठिन अवस्थामा पनि क्लब र बुढासुब्बालाई निरन्तरता दिएर जोगाउदै आएको बताउदै क्लबले अर्को बर्ष राष्ट्रिय लिग खेल्ने प्रतिवद्धता पनि जनाए । ‘अर्को बर्ष नेपाली फुटबलको राष्ट्रिय लिगमा उभिने प्रतिवद्धता जनाउछौ,’उनले भने,‘धरानले मात्र होइन, १ नं प्रदेश र देशले नै सहयोग गर्नुपर्छ ।’

Ruslan Ad

सदस्य सचिव बिष्टले त्यसै बुढासुब्बा गोल्डकपको प्रशंसा गरेको होइनन् । बुढासुब्बा रेडबुल गोल्डकप धरानको मात्र होइन, नेपालकै चर्चित र स्थापित फुटबल प्रतियोगिता हो । यो फुटबल २०५५ सालमा धरानमा शुरु हुदा विराटनगरको महेन्द्र गोल्डकप(हाल विराट गोल्डकप)बाहेक अन्य फुटबल प्रतियोगिता आयोजना हुदैनथ्यो । धरानलाई मिनि ब्राजिल यही बुढासुब्बा गोल्डकप र यसले बनाएको फुटबलको महौलले गर्दा नै भनिएको हो । धरानबाट धेरै प्रतिभाशाली फुटबल खेलाडीहरु जन्मिएका छन् ।

IMG_0170

बुढासुब्बा गोल्डकप धरानको प्रतिष्ठा हो, गौरव पनि हो । यो फुटबल धरान मात्र हुदैन, बेलायत र हङकङमा पनि आयोजना हुन्छ । बेलायतमा ८ औं सँस्करण भइसकेको छ भने हङकङमा १६ औं सँस्करण आयोजना भइसकेको छ । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा विवादले लिग ठप्प हुदा पनि बुढासुब्बा गोल्डकप र अन्य प्रतियोगितहरुले नेपाली फुटबललाई जोगाएको थियो । बिषम परिस्थितिमा पनि यो प्रतियोगिता कुनै बर्ष रोकिएको छैन ।

IMG_0191 IMG_0197 IMG_0190

IMG_0284 IMG_0285 IMG_0227 IMG_0214 IMG_0248 IMG_0232 IMG_0245 IMG_0293 IMG_0295