धरान:धरान सोसाइटी जिआरयु बर्थ डे गल्फ प्रतियोगितामा जोगमोहन राई प्रथम हुदै उपाधि जितेका छन् ।

शनिबार निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा आयोजित प्रतियोगितामा ३ अण्डर ६७ स्कोर गर्दै राई प्रथम भएका थिए । उनी १५ ह्याण्डीक्याप खेलाडी हुन् । यसैगरी, १३ ह्ण्याण्डीक्याप खेलाड विनोद कुमार राईले १ अण्डर ६९ स्कोर गर्दै फष्ट रनरअप भए भने २४ ह्ण्याण्डीक्याप खेलाडी भीमबहादुर दाहाल इभन पार ७० स्कोर गर्दै सेकेण्ड रनरअप भए ।

52801012_10218893563198076_6055599318344138752_n copy

यस्तै, प्रतियोगितामा महिलातर्फ २८ ह्ण्याण्डीक्याप खेलाडी सुमित्रा लिम्बूले ५ अण्डर ६५ स्कोर गर्दै विजेता बनिन् । प्रतियोगितामा ४ ओभर ७४ स्कोर गरेका एक ह्ण्याण्डीक्याप खेलाडी निरज तामाङले वेष्ट ग्रसको पुरस्कार हात पारे भने मोष्ट बर्डिको पुरस्कार सन्तोष कार्कीले जिते । नियरेष्ट टु दि पिनको पुरस्कार राम तामाङले जिते भने लंगेष्ट ड्राइभको पुरस्कार सुन्दर राईले थापे । यो प्रतियोगिता गोर्खा रिजर्ब युनिट ब्रुनई गल्फिङ फ्रेन्डस्को प्रायोजनमा धरान गल्फ क्लबले बर्षेनी प्रतियोगिता आयोजना गर्दै आएको छ ।