धरान: सिद्धार्थ राई यो बेला स्वास्थ्य विज्ञान पढ्ने विद्यार्थीकोलागि सम्झनयोग्य नाम हो । सिद्धार्थ राईलाई सम्झनै पर्ने सन्दर्भ भनेको उनले वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्नात्तकोत्तर तह एमडिए(मास्टर्स इन डेन्टल सर्जरी) को प्रवेश परीक्षा २०१९ मा सबैभन्दा बढी अङ्क ल्याए ।

आप्mनो शैक्षिक तहमा राईले प्राप्त गरेको यो अङ्क सन् २०१९ को शैक्षिक क्षेत्रकोलागि नेपालभरिकै बढी अङ्क हो । प्राप्ताङ्कसँगै राई छात्रवृत्तिमा ‘ओरल एण्ड मेक्जिलोफेसियल सर्जरी’ विषय पढ्ने छन् र पढाई समाप्तिसँगै हामीले देखिरहेको अनुहार नेपालको डक्टर हुनेछन् । सिद्धार्थ राईले प्राप्त गरेको यो सफलता अहिले एमडिए केन्द्रितमात्र होइन । बिडिएस (ब्याचलर इन डेन्टल सर्जरी) को शैक्षिक सत्रको परीक्षामा पनि सर्वाेत्कृष्ट अङ्क प्राप्त गरेका थिए ।

सर्वाेत्कृष्ट अङ्क ल्याउने उनी किन पढ्ने ? भन्ने विषयमा भन्छन्,‘पढाई कुनै पनि प्राप्तिहरुको आधारभूत आवश्यकता हो । यसको माध्यमले सबै क्षेत्रमा पहुँच बनाउन सकिन्छ ।’ पढेरै शैक्षिक क्षेत्रमा पहुँच बनाएका सिद्धार्थ राईले महाविद्यालय स्तरका परीक्षामा प्राप्त गरेको सर्वाेत्कृष्टताको पृष्ठभूमिमा विद्यालय जीवनमा कक्षाको पहिलो विद्यार्थी हुनुको निरन्तरता पनि जोडिएको छ ।

IMG_9546

यसो भनौं न, उनले विद्यालय स्तरको शिक्षामा कहिले दोस्रो हुनु परेको थिएन । शैक्षिक क्षेत्रको यो प्राप्ति उनको एकल प्रयास होइन । राई भन्छन्,‘आपूmले त मेहनत गर्नु पर्छ नै, सँगसँगै वातावरण पनि मिल्नुपर्छ ।’ उनले भनेको वातावरणचाहिँ पारिवारिक समर्थन, सहयोग र हौसलाको साथसाथ उचित साथीभाइको सङ्गत, आपूmभन्दा अग्रज विद्यार्थीहरु तथा गुरुहरुसँगको हेलमेल हो । यी सम्पूर्ण कुराहरुको संयोजन अभाव उनले भोगेका छन् । डेन्टल पढ्नकोलागि प्रवेश परीक्षा दिएको क्षण आलाकाँचो भएकोले ५७ प्रतिशत अङ्क आएको थियो । उनी भन्छन्,‘यो अङ्क औसत अङ्क थियो, मेरो व्यक्तिगत अध्ययन थियो तर अग्रज तथा गुरुहरुसँग घुलमिल हुन सकेको थिइनँ ।’

IMG_9538

बुबा राजकुमार राई र आमा दुर्गा राईको दुई सन्तानमध्ये पहिलो सन्तान सिद्धार्थ राई धरान–१८ मा रहेको डिपो उच्च माविका पूर्व विद्यार्थी हुन् । जहाँ उनले १२ कक्षासम्मको अध्ययन पुरा गरे । डिपोमा पढ्दा पढ्दै नजिकै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेतो कपडाले उनलाई डाक्टर बन्न हृदयबाट हौस्याएको थियो । त्यसैले स्वास्थ्य विज्ञानसँग सम्बन्धित डाक्टर जो साइनोमा बाजे पर्नुहुन्थ्यो, प्रेम राईले राखिदिनु भएको सिद्धार्थ नाम अहिले प्रेम राईजस्तै नामी डाक्टर बन्ने प्रक्रियामा छन् । पातलो जुँगाको रेखि बस्दै गरेका सिद्धार्थ राईको सिद्धान्त छ,‘स्वास्थ्य क्षेत्रमा सबैको सहयोगी बन्ने ।’ वि.सं.२०५१ साल भदौ २९ गते बाल दिवशको दिन जन्मिएका राईलाई बालमैत्री वडा घोषणाको दिन सार्वजनिकरुपले सम्मान गर्नु संयोग नै मान्नु पर्छ ।