धरान : धरानमा प्रदेश नं. १ कै पहिलो कलेज स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि कार्तिक २२ र २३ गते हुने भएको छ ।

धरान फुटसल क्ल्बको आयोजनामा शुक्रबार र शनिबार दुई दिन धरान १८ स्थित बुढासुब्बा फुटसलमा विहान ९ बजेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेताले २५ हजार नगद सहित ट्रफि प्रदान गरीने क्लबका अध्यक्ष खगेन्द्रबहादुर लिम्बुले बताए । यस्तै व्यक्तिगत पुरस्कारमा फाइनल खेलको म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १ हजार ५ सय नगद र ट्रफि प्रदान गरीने लिम्बुले बताए । प्रतियोगिताका लागी २१ गते बिहिबार १२ बजे सम्ममा बुढासुब्बा फुटसलमा फारम भरी टिम प्रवेश गराइसक्नु पर्नेछ । टिम प्रवेशका लागी ४ हजार तोकिएको लिम्बुले जनाए । प्रतियोगितामा नियमित कलेजमा अध्ययनरत खेलाडीहरू मात्र सहभागी हुन पाउने प्रावधान राखिएको छ ।