धरान : फागुन ०९ गतेबाट सञ्चालन हुनलागेको मोफसलकै प्रतिष्ठित बुढासुब्बा गोल्डकपको टिकट अनलाईनबाट पनी खरिद गर्न सकिने भएको छ ।

आईएमई पे मार्फत गोल्डकपको टिकट गर्न सकिने अयोजक धरान फुटबल क्लबले जानकारी गराएको छ ।

खेलप्रेमिहरुको सुविधाकोलागी आईएमइ पे संग सहकार्यमा २२ औं बुढासुब्बा गोल्डकपबाट अनलाईन टिकेटिङ सुविधा प्रदान गरीएको क्लबद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ । आईएमइ पे को एप्लिकेसन डाउनलोड गरी टिकट खरिद गरेमा रु.३० (टिकट मुल्यमा ३० प्रतिशत) क्यास ब्याक पनी पाइने क्लबले जनाएको छ ।