धरान :  बिभागीय टिम नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ । 

आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो ।

यो सहित मनाङ ले चार पटक बुढासुब्बा गोल्डकपको उपाधी जित्न सफल भएको छ ।  धरान रंगशालामा सम्पन्न खेलमा बिभागिय टिम नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब बिच भएको खेलमा खेल सुरु भएको ११ मिनेटमा मनाङ मर्स्याङदी क्लबका खेलाडी दयानन्द सिङले पहिलो गोल गरि आफ्नो समुहलाई शन्यका बिरुद्द १ गोलले अघि बढाउन सफल भए ।

त्यसैगरी खेलको दोश्रो हाफको मनाङका निशान लिम्बुले दोश्रो गोल गरी शुन्यका बिरुद २ गोलले आफ्नो टिमलाई अगडी बढाउन सफल भए । दोश्रो हाफको ६७ औं मिनेटमा नेपाल पुलिस क्लबका भोला सिलवालले १ गोल गरि आफ्नो टिमलाई शुन्यबाट जोगाउन सफल भए । बिभागीय टिम नेपाल पुलिसले पटक पटक गोल फर्काउन प्रयास गरे पनि असफल भएको थियो ।  ईन्जुरी टाईममा मनाङकै खेलाडी बिमल रानाले थप गोल गरि आफ्नो समुहलाई १ गोलका बिरुद्द ३ गोल गरि २२ औ अन्राष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्ड कपको बिजेता बनाउन सफल भए ।

खेलको उत्कृष्ट गोलकर्ता मनाङका बिमल राना घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी फाईनल खेलको म्यान अफ द म्याच मनाङका अन्जन बिष्ट घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे । ब्यत्तिगत पुरस्कार तर्फ मनाङ मर्स्याङदी क्लबका अशोक बरालले बेष्ट गोल रक्षकको पुरस्कार जिते । उनले नगद २५ हजार प्राप्त गरे । बेष्ट डिफेण्डको पुरस्कार नेपाल पुलिस क्लबका सुमन सुबेदीले जिते । उनले पनि नगद २५ हजनर प्राप्त गरे ।

बेष्ट मिडफिल्डरको पुरस्कार मनाङका पुजन उपरकोटीले पाए । उनले पनि नगद २५ हजार प्राप्त गरे । यस्तै बेष्ट फर्वाडको पुरस्कार नेपाल पुलिसका जुमानु राईले जिते । उनले नगद २५ हजार प्राप्त गरे । त्यसैगरी बेष्ट कोचको पुरस्कार मनाङका फुजा टोपेले प्राप्त गरे उनले पनि नगद २५ हजार पाए । सर्बाधिक गोलकर्ता मनाङका दयानन्द सिँहले भए । उनले खेल अबधिभर ४ गोल गरेका थिए । उनले नगद ३५ हजार प्राप्त गरे । राईजिङ प्लेयरको पुरस्कार धरान फुटबल क्लबका खेलाडी रिबस मास्केले जिते । २२ औं सँस्करणको उत्कृष्ट खेलाडी मनाङका सुरज बिकले प्राप्त गरे । उनले होण्डाको डिओ स्कुटर प्राप्त गर्न सफल भएका छन् ।


दुई पत्रकार पुरस्कृत 
बुढासुब्बा गोल्डकपको उत्कृष्ट समाचार लेख्ने छापा र बिद्दुतिय माध्यमका दुई जना पत्रकारलाई धरान फुटबल क्लबले पुरस्कृत गरेको छ ।

patrakar 1

पुरस्कृत हुनेमा पत्रकारहरुमा छापा तर्फ कान्तिपुर दैनिकका प्रदिप मेन्याङबो र बिधुतिय सञ्चारमाध्यम तर्फ रेडियो धरानका शिशिर राई रहेका छन् । उनीहरुलाई जनाही दस-दस हजार प्राप्त गरेका छन् ।