धरान : २३ औँ  बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत २६ गते देखि हुने भएको छ। 

आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । धरान-१६ स्थित रङ्गशालामा हुने हुने सो प्रतियोगितामा आयोजक सहित ८ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिए । 

कोरोना महामारीको कारण गतबर्ष स्थगित भएको प्रतियोगिता यो वर्ष भव्यताका साथ सम्पन्न गर्ने आयोजकले बताएको छ।  प्रतियोगिताको विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रतियोगितामा सहभागी टिमबारे पत्रकार सम्मेलनमा काठमाण्डौंमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम, धरान फुटबल क्लब धरान, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिइएको छ । 

२३ औँ संस्करणको प्रतियोगितामा ६६ लाख अनुमानित आय हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक ट्रुवर्ग बियर गोर्खा ब्रुअरी, मुख्य सह प्रायोजक क्वालिटी नुडल्र्स इन्टष्ट्रीज प्राली., ज्याकपट चाउ चाउ, टेष्टी टेष्टी बिस्कुट रहेका छन् । 



23-tuborg-budha-subba-goldcup