धरान : धरानमा बुधवार दिउसो धरान २० को मतगणनाको क्रममा विवाद भए पछि स्थगित भएको मत गणना अझै सुरु हुन सकेको छैन । 

निर्वाचन आयोगले मत गणना सुचारु गर्न निर्देशन दिएको भए पनि बुधवार राति साढे नौ बजे सम्म पनि सात बजे देखि मत गणना सुरु गर्ने भनिएकोमा अझै हुन नसकेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

धरान २० मा विवाद भएकोले २० नम्बर वडाको मतगणना स्थगित गरेर अरू वडाको मत गणना गर्ने भनिए पनि दलहरूले मतगणनाका लागि प्रतिनिधि नपठाई दिँदा मतगणना हुन नसकेको हो । आयोगले हस्ताक्षर नगर्ने कर्मचारीलाई विभागीय कारबाही समेत गर्ने भनेको छ । तर पनि राति अबेर सम्म मतगणना हुन नसकेको हो ।

धरान २० मा १८ वटा मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा विवाद भएको थियो । सो विवाद पछि मतगणना स्थगित भएको थियो ।