धरान : धरानमा धरान-२० को मतगणनामा विवाद भएपछि स्थगित भएको मतगणना अहिले ७ बजे देखि २० नम्बर बाहेकका वडाहरूमा मतगणना सुचारु हुने बताइएको छ ।

धरान स्थित निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार धरान-२० नम्बर वडाको मतगणना स्थगित गरी अरू वडा ८, ११ र १२ नम्बर वडाको मत गणना सुचारु गर्ने तयारी भइरहेको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए । 

अहिले सिफ्ट परिवर्तन हुने वेला भएकोले ७ बजे पछि मतगणना सुचारु गर्ने तयारी भइरहेको छ। केही वडाहरूमा मतगणना सकिन लागेको अवस्थामा रहेकोले गणना सके पछि तुरुन्त अरू वडाको गणना गरिने खतिवडाले बताए ।