धरान- धरानमा हिजो दिउसो देखि रोकिएको मतगणना आज बिहान ९ बजे देखि सुचारु भएको छ। 
अहिले धरान-८ को २ समूहमा १९ र १२ को मतगणना सुरु भएको निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए । धरानको वडा नं. २० को मतगणना स्थगित गरी अरू वडाको गणना सुचारु भएको छ । २० नम्बर वडामा बुधवार १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर बिनाको भेटिएपछि विवाद भएको थियो । राति अबेरसम्म मतगणनाकालागि दलहरू बिच सहमति गरेर गणना सुचारु गर्ने प्रयास गरे पनि सहमति हुन सकेको थिएन ।