धरान : धरान आसपासका खोलाबाट बिजुली उत्पादन हुन्छ भन्दा कमैलाई मात्रै पत्यार लाग्ने गर्दथ्यो । धरानका खोला खोल्सीमा बिजुली उत्पादन हुन्छ र ? तर पछिल्लो समय धरानका मेयर हर्क साम्पाङको भिजनमा आज देखि सर्दु खोलामा ७५० वाटको टर्वाइनबाट बिजुली बल्ने भएको छ । 

सर्दु खोलाबाट ल्याइएको खानेपानीको पाइपबाट सानो पानी बिजुली उत्पादन गर्नका लागि छुट्ट्याएको छ ।  ३१ मिटरको हेडबाट पानी झराएर टर्वाइन चलाइने पावर हाउसका म्यानेजर तर्कबहादुर मगरले बताए । बर्खा याममा ५ किलोवाट भन्दा बढीको पनि टर्वाइन चलाउन सक्ने पानी हुन्छ । यसपटक पनि १ किला वाटको  टर्वावाइन जोडने योजना थियो । तर त्यो क्षमताको टर्वाइन नभेटिएको र हिउँदमा पनि सानो पानीले चल्न सक्ने खालको टर्वाइन जडान गरेको मगरले बताए । 

आज अपरान्ह देखि पावर हाउस सञ्चालनमा आउने र त्यहाँ उत्पादन भएको बिजुली नजिकै रहेको खानेपानीको चौकीदार बस्ने घर र ओशो पार्क र पुलमा बत्ती बाल्ने योजना रहेको मेयर हर्क साम्पाङले बताएका छन् । 

धरानमै माइक्रो मिनी हाइड्रोपावर निर्माणले धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस पढ्दै गरेका विद्यार्थीहरूलाई अध्ययन गर्न अत्यन्तै सहज भएको छ । इच्छा शक्ति भयो भने असम्भव भन्ने कुरै नहुने रहेछ दैनिक सर्दुमा श्रमदान गर्दै आएका सर्वसाधरणहरुले प्रतिक्रिया दिए । 


Bijuli-2

https://youtu.be/efPYTjD-tUM