धरान : धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा धूमधामले फूलपाती भित्राइएको छ । 

विजया दशमीको सप्तमीमा हरेक वर्ष विशेष पुजा आज सहित धूमधामका साथ फूलपाती भित्राउने चलन अनुसार यस पटक पनि धरान-१४ मा रहेको दन्तकाली मन्दिरमा धूमधामले फूलपाती भित्र्याइएको हो । 

दन्तकाली मन्दिरबाट फूलपाती लिन मोरङको याङसिला स्थितको काली बक्स गणबाट आएका नेपाली सेनाको ब्याण्ड बाजा सहितको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी सहितको टोलीले विजयपुर चौक, बुढासुब्बा मन्दिर, नयाँ टोल हुँदै पिण्डेश्वर मन्दिर नजिकैको बेलको बोटमा पुगेको थियो ।

बेलको बोटमा विधिवत् पूजागरी नव पत्रिका विशेष डोलीमा बोकेर पिण्डेश्वर मन्दिर परिसरबाट डाडागाउँ हुदै दन्तकाली मन्दिरमा पुर्‍याइएको  थियो । मन्दिरमा पुराएर विशेष पूजा गरी फूलपाती विधिबत रुपमा मन्दिरमा भित्र्याइएको थियो । 

दन्तकाली मन्दिरमा यसरी फूलपाती भित्राउने चलनको बारेमा दन्तकाली मन्दिरका मुख्य पुजारी विश्वराज खनालले आफूले थाहा पाए देखि फूलपाती भित्राउँदै आएको र परापुर्वकाल देखिनै यो चलन चलिआएको हुन सक्ने बताए । 

दन्तकाली मन्दिरमा फूलपाती भित्राउँदा गाइने भजन पनि विशेष रहेको बताउँदै स्थानीयवासी डा.राजेन्द्र शर्माले दन्तकाली मन्दिरको महिमा सँगै यो चलन जोडिएको बताए । 

वडा दसैँमा विशेष पूजा हुने भएकोले दन्तकाली मन्दिरमा घटस्थापनाका दिन देखि नौरथा सुरु हुने गर्दछ । सप्तमी देखि दशमीको बिहान सम्म दन्तकाली मन्दिरमा विशेष पूजा हुने गर्दछ । 

Dantakali-Fulpati-4Dantakali-Fulpati-6Dantakali-Fulpati-5Dantakali-Fulpati-3Dantakali-Fulpati-1