धरान : धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङबोले वर्तमान मेयर हर्क साम्पाङलाई सुझावका रूपमा उनले गरेका कामहरूमा विधि र प्रक्रिया अपनाउनु पर्ने कुरामा ध्यानाकर्षण गर्दै टिप्पणी गर्न थालेका छन् ।

उनको टिप्पणी मेयर हर्क साम्पाङलाई भन्दा उनका अन्ध समर्थकहरूका लागि अपाच्य भएकोले होला, फेसबुकमा ‘अशोभनीय कमेन्ट’ गर्न थालेका छन् । पूर्व मेयर मेन्याङबो यसबाट अत्तालिएका भने छैनन् । उनले आज आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै हर्क साम्पाङका अन्ध समर्थकहरूलाई ३० वटा प्रश्न गरेका छन् । उनको स्ट्याटस जस्ताको त्यस्तै यस्तो छ :

हर्कको संस्कार विहीन अनुयायीहरूले मेरो चरित्र हत्या गर्ने उद्देश्यले तथानाम गालीको वर्षा गर्दै, तैँले तेरो कार्यकालमा के गरिस् भन्दै मेरो सामु प्रश्नहरू तेर्साएको पाएँ । उनीहरूलाई धरानलाई आधुनिक धरान बनाउन मैले के के गरेँ भन्ने कुरा प्रष्ट पार्न जरुरी ठानेर मैले गरेका केही महत्त्वपूर्ण कामहरू बुँदागत रूपमा राखेको छु ।

१.धरानलाई शिक्षा, स्वास्थ्य, र पर्यटनको पूर्वाधारयुक्त सुन्दर सहर बनाउने ‘भिजन’ कसले दियो ?

२.धरानलाई जनसहभागिताको सहरको परिचय कसले दियो ? नगर विकासको लागि ६० र ४० प्रतिशत सहभागिताको कार्यक्रम कसले ल्याएको थियो ?

३.धरानको सबै वडाहरूमा सडक विस्तार र कालोपत्रे कसले गर्‍यो ?

४.धरानको सतह ढलको ‘मास्टर प्लान’ कसले गरायो ?

५.धरानको वातावरण संरक्षणको निम्ति बन तथा वातावरण संरक्षणको नीति बनाएर बन विनाश रोक्ने काम कसले ग¥यो ?

६.धरानको साँगुरो चोक र गल्लीहरू कसले विस्तार गर्‍यो ? 

७.धरानको अव्यवस्थित सब्जी बजारलाई कसले व्यवस्थित गर्‍यो ?

८.धरान-१३ अमर हाटमा अवस्थित कृषि बजार कसले सञ्चालनमा ल्यायो ?

९.धरान भानु चोकको सौन्दर्यीकरण कसले गर्‍यो ? 

१०.धरान घण्टाघरको ‘भिजन’ कसको हो ? र कसरी कसले बनायो ?

११.धरानमा मेरो कार्यकालमा बनेको भानुचोक, चिनिया चोक र छाता चोकको सार्वजनिक शौचालय भन्दा कहाँ कहाँ बनियो ? अहिले सम्ममा ?

१२.समुदायक विद्यालयहरूको भवन, शौचालय तथा फर्निचरहरूको कति विकास भएको थियो ? 

१३.२०४५ सालको महाभूकम्पमा परि दिवङ्गत हुनेहरूको सम्झनामा भूकम्प स्मारक र भानु चोकको सुन्दर ‘गार्डेन’ कसले कसरी बनायो ?

१४.धरानलाई नेपालकै प्रत्यक्ष कर सङ्कलन गर्ने पहिलो नगर कसले बनायो ?

१५. धरानलाई ‘हाउस नम्बरीङ डाटाबेस सिस्टम’मा कसले लग्यो ? आज त्यसकै बेसमा ‘जिआइएस डटाबेश सिस्टम’ मा धरान पुगेको छ । 

१६. धरानको सडक बत्तीको विकास र बिस्तार कसले गर्‍यो ?

१७. सबै वडाका सडक गल्लीहरूमा जीआई पाइपको नेटवर्क कसले विस्तार ग¥यो ?

१८. धरान उत्सव, महोत्सव, सतावार्षिक महोत्सव कल्ले गरायो ?

१९. धरान लाई गार्डेन सिटीको भिजन कसले दियो ? 

२०.धरानमा अव्यवस्थित बसोबास लाई निरुत्साहित गर्ने र पुराना लाई व्यवस्थित गर्ने नीति कसले बनाएको थियो ?

२१.अव्यवस्थित धरान बजार लाई व्यवस्थित कसले गरेको हो ?

२२.बेवारिसे अवस्थामा रहेको धरान रङ्गशालाको घेराबारा र सुन्दर गेट कसको नेतृत्वमा कसरी बनेको थियो ?

२३.लागुपदार्थ दुब्र्यसनीहरुको उपचार तथा पुनः स्थापना केन्द्रहरू, आसरा सुधार केन्द्रको निर्माण कसको नेतृत्वमा भएको हो ? केवाइसी पुनर्जीवन केन्द्र कसरी बनेको थियो ?

२४.धरानको इलाका प्रहरी कार्यालयको जग्गा प्राप्ति र भवन निर्माणमा कसको प्रमुख भूमिका थियो ?

२५. ताप्लेजुङ भवनको नाममा निर्मित सामुदायिक भवन निर्माण र त्यसले चर्चेको १ कट्ठा १३ धुर जग्गा उपलब्ध कल्ले गराएको हो ?

२६.अहिले निजी कम्पनीकै स्वामित्वमा रहेकै सही धरान रिक्रिएसनको पौडी पोखरीको स्थापना कसको प्रयासले भएको थियो ?

२७. धरान सभागृह कसको कार्यकालमा सम्पन्न भएको थियो ?

२८.अहिले निर्माणाधीन बसपार्क क्षेत्रलाई तीनकुने सुन्दर बस्ती विकासको कार्यक्रम भित्र कसरी कल्ले ल्याएको थियो ?

२९.सप्तरङ्गी पार्क, एन्फा कम्प्लेक्स, यायोक्खा पार्क, सेर्पा दाहसंस्कार स्थल र पुरानो कोशी प्रोजेक्टको नाममा रहेको धरान १३ फुश्रेको गरी जम्मा ६४ बिघा जमिन कसले नगरपालिकाको स्वामित्वमा ल्याएको थियो ?

३०.खुल्ला शौचालयको अन्त्य कसले गरायो ? यी र यस्ता अनगिन्ती प्रश्नहरूको उत्तर खोज, अनि मात्र तिमीहरूले धरान नगरमा मनोज मेन्याङबोले गरेको योगदान थाहा पाउनेछौ ।