धरान : नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ र सञ्चारकर्मी सञ्चिता धमलाको घटनालाई ‘प्रेस विरोधी हर्कत’ भएको बताएको छ ।

वक्तव्यमा भनिएको छ बताउँदै ‘यस्ता हर्कतले ‘पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ ।’

विज्ञप्तिमा पत्रकार महासङ्घ कोशी प्रदेश समितिले ‘नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतत्थ नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको’ जनाएको कुरा उल्लेख छ ।

उक्त घट्नाका बारेमा धरानका पत्रकारहरूले इलाका प्रहरीमा गएर आपत्ति जनाएका थिए ।

सुनसरी जिल्ला स्थित प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनले छानबिनको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

पत्रकार महासङ्घ सुनसरीले भने आधिकारिक रूपमा वक्तव्य जारी गरेको थिएन ।

FNJ-Pr-KapuriNnews