धरान : राजनैतिक दलहरूले खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल शुल्क खारेज गरी पुरानै दर कायम नगरे सम्मका लागि धरानको ३ वटै महसुल काउन्टरमा आज सोमवार बिहान तालाबन्दी गरेका छन् ।

खानेपानी व्यवस्थापन बोर्डको धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा तालाबन्दी गरिएको हो । बिहान कार्यालय समय सुरु हुने बित्तिकै ३ वटै कार्यालयमा एकैसाथ दलहरूले ताला लगाएका हुन ।

दलहरूले आन्दोलनलाई सम्बोधन गर्दै तुरुन्त वार्ता नभए थप सघर्षको कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

दलहरूले हिजो आइतबार खानेपानी कार्यालयमा तालाबन्दी गरे लगत्तै विज्ञप्ति जारी गर्दै धरानवासीलाई पुरानै दर कायम नभए सम्म खानेपानीको महसुल नबुझाउन आव्हान गरेको थियो ।

Khanepani-talabandhi-2