धरान : दर्शकहरूको माग बढेपछि लिम्बु भाषाको ‘खोक्पा’ र नेपाली चलचित्र ‘बाध्यता’ सोमवार पुनः विशेष प्रदर्शन भएको छ ।

दुवै चलचित्र ‘सर्ट मुभी’ हुन । लेखक÷निर्देशक प्रकाश लिम्बुका अनुसार ‘खोक्पा’ करिब १ घण्टा र ‘बाध्यता’ ४५ मिनटको छ ।

पछिल्लो समय युटूयुबमा आउने चलचित्रका क्लिपहरू रोचक र छोटा हुन्छन् । युट्युबमा चलचित्र हेर्ने अभ्यासले दर्शकहरू छोटो र रोचक प्रस्तुतिका चलचित्र मन पराउन थालेका छन् ।

दुवै चलचित्रले दर्शकको यो रुचिलाई सम्बोधन गर्दै कथावस्तुलाई चित्तबुझ्दो रूपमा प्रस्तुत गरेको निर्देशक प्रकाश बताउँछन् । विशेष प्रदर्शनमा वरिष्ठ चलचित्र कलाकार प्रेम सुब्बाको उपस्थितिले दर्शकहरूलाई हौसाएको उनले बताए ।

लिम्बू संस्कृतिमा छोरी चेली विवाहको रीतिरिवाज अनुसार कोसेलीमा ल्याइने सिङ्गो सुँगुरको रितलाई ‘खोक्पा’ भनिन्छ । ‘बाध्यता’ नेपाली समाजको एक सुन्दर परिवार कथालाई मूल विषयलाई चित्रण गर्दै बनाइएको छ ।

‘खोक्पा’को निर्माण मिना हुक्पा चोङ्बाङले गरेकी हुन । नुमा नेयोङ र भूमिका नाल्बो सहनिर्माता छन् । कलाकारहरू प्रेम सुब्बा, नवीन मेन्याङ्बो, मिना हुक्पा चोङ्वाङ याक्सो, बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु, यम सुब्बा, हिमाल लेचर्बो, तीर्थ मदेम्बा, नवीन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामाङ मकर बहादुर नेयोङे छन् ।

छायाङ्कन, सम्पादन, कलर, ड्रोनको प्राविधिक आदम लिम्बुले गरेका छन् । व्यवस्थापन सानुराजा थेगिम र राजीव दाहालले गरेका हुन ।

चलचित्र ‘बाध्यता’मा शारदा शाक्य, प्रकाश लिम्बु, रोजनी लिम्बु, रेन्सा लिम्बु, तिरज लिम्बु कञ्चन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल, विनोद रसाइली, सुवास राई र इन्द्र लिम्बुको अभिनय रहेको छ ।