इटहरी : सप्तकोसी नदिमा पानीको बहाव उच्च भएपछि आवतजावत बन्द गरिएको छ ।

लगातारको बर्षातको कारण बढेको पानीको सतह पुल माथिबाट बग्न थालेपछि उच्च सतर्कता अपनाइएको हो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिएका छन् ।

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । उनका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ । पूर्वबाट पश्चिम तर्फ जाने सवारीसाधनलाई चतरा पुलतर्फ डाइभर्ट गरिएको छ ।

koshi-heigh-alart

Koshi-Notice